काठमाडौँ २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलिय बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद बैठक अवरोध गरेपछि सभामुख सापकोटाले आज सोमबार दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएका हुन् । संसदमा जारी अवरोध अन्त्यको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई सहभागी हुने भएका छन् ।
एमाले फुटाउन सापकोटाले सहयोग गरेको भन्दै सापकोटाका राजीनामा सहित संसदख एमालेले अवरोध गर्दै आएको छ । माधव नेपाल सहित १४ सांसदलाई पार्टीले गरेको कारवाही रोक्न सापकोटाले सहयोग गरेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ ।