पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा — OSNepal

पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा

LC (KTM) September 13, 2021 0

सिन्धुपाल्चोक, २८ भदौ – मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।

सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर