रगत लागेको एउटा टालोले लोकबहादुरलाई हत्यारा भनेर चिनायो — OSNepal

रगत लागेको एउटा टालोले लोकबहादुरलाई हत्यारा भनेर चिनायो

LC (KTM) September 13, 2021 0

संखुवासभा । गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपक र सात वर्षीया नातिनी गोमाको हत्या भएको दुई दिनसम्म पनि प्रहरी टोलीले हत्या कसले गरेको भनेर सुइँकोसमेत पाउन सकेको थिएन । अनुसन्धानका लागि लगिएको अनुसन्धानप्राप्त कुकुरले पनि अपराधी भागेको दिशा पत्ता लगाउन नसकेपछि प्रहरी टोली रनभुल्लमा परेको थियो । घटना भएको बिहान पानीसमेत परेकाले केही प्रमाण मेटिएको थियो । जसले गर्दा तालिमप्राप्त कुकुरले अभियुक्त भागेको दिशा पत्ता लगाउन सकेको थिएन ।

अनुसन्धानमा जुटेको प्रहरी टोलीलाई स्थानीयले मृतक परिवारको छिमेकीसँग राम्रो सम्बन्ध रहेको जानकारी दिएका थिए । तेजबहादुरका दुई छोरा वैदेशिक रोजगारीमा रहेको र झापामा जग्गा किन्न ८० लाख रुपैयाँ बैना दिइसकिएको, जग्गा पास गर्न जाने अघिल्लो दिन घटना भएकाले घटनामा बाहिरकै मानिसको हात हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । प्रहरीले यसैलाई आधारमा मानेर घटनाको अनुसन्धान अघि बढाएको थियो ।राजधानि दैनिकमा खबर छ ।

प्रहरीले यसका लागि जिल्ला नै ‘सिल’ नगरेको पनि होइन । तर, जब घरभित्रै ४ लाख ७२ हजार रुपैयाँ नगद र केही गरगहना भेटियो, त्यसपछि प्रहरी टोली हत्याको कारण सम्पत्ति मात्रै नभएको निष्कर्षमा पुग्यो ।

अर्को कुरा, घटना हुनु साता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड ९सीडीआर० पनि प्रहरीले विश्लेषण गर्न थाल्यो । तर, प्रहरीले कुनै क्लु भेट्टाउन सकेन । घटनास्थल आसपास दुईवटा बीटीएस टावरको कनेक्सन रहेकोमा १० किलोमिटर आसपासका १ सय ५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । प्रहरीले शंकास्पद केही नम्बर प्रयोगकर्तालाई बोलाएर सोधपुछ पनि ग¥यो । तर, केही उपलब्धि हात पर्न सकेन ।

त्यसपछि प्रहरीले छिमेकी र स्थानीय बासिन्दातर्फ अनुसन्धानको सुई अघि बढायो । छिमेकीसँग मृतक परिवारको सम्बन्ध, उनीहरूको आर्थिक स्थिति, व्यवहार केलाउन लाग्यो ।

सोही क्रममा प्रहरीले छिमेकी लोकबहादुरलाई शंकामा राख्यो । किनभने शव देख्ने पहिलो व्यक्ति तिनै थिए । उनले नै हत्याबारे छिमेकीलाई दिएका थिए । उनले पत्रकारहरूलाई अन्तर्वार्तासमेत दिएका थिए । प्रहरीलाई पनि उनले घटनाबारे सुनाएका थिए ।

तर, जब प्रहरीले लोकबहादुरसँग मृतक परिवारको सम्बन्ध बिग्रेको थाहा पायो, प्रहरीले उनलाई समेत निगरानीमा राख्न थाल्यो । ६र६ जनाको हत्या गरिसकेपछि पनि उनी घरमै बसिराखेका थिए । समातिने डरले उनले केही प्रमाण मेटाइसकेका थिए ।

झट्ट हेर्दा उनी सामान्य मानिसजस्तै देखिन्छन् । उनीमाथि जुन आरोप लागेको छ, पत्याउनै नसकिने मानिस छन् । यस्ता मानिसले यस्तो नरसंहार कसरी गर्न सक्छ भन्ने जो कोहीलाई लाग्न सक्छ उसको शारीरिक बनावट हेर्दा ।

तैपनि प्रहरीले उनलाई शंकाको घेरामा राख्यो । त्यसो त उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बेला त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे । प्रहरीले आशंकाको भावमा सोधपुछ गर्दा उनी ‘अनकनाएर’ बोल्थे । यसकारण पनि प्रहरीले उनलाई सम्भावित अपराधीको सूचीमा राखेको थियो । त्यसैले उनलाई घर छोडेरबाहिर नजान प्रहरीले रोकसमेत लगाएको थियो ।

जब लोकबहादुरको घरमा घटनामा प्रयोग भएको रगताम्मे लुगा भेटियो, त्यसपछि भने प्रहरीले उनलाई रामै्रसँग केरकार गर्न थाल्यो । शुक्रबार राति त उनलाई प्रहरी नियन्त्रणमै लिइयो । त्यसपछि भने उनले अपराध लुकाउन सकेनन् । प्रहरीसमक्ष अपराधको विस्तृत विवरण नै दिए ।

प्रहरीको बयानमा उनले तेजबहादुरलाई देख्नेबित्तिकै ‘झोंक’ चलेको भनेका छन् । तेजबहादुर देख्नेबित्तिकै पहिला आफूलाई गालीगलौज गरेको सम्झेको र रिसलाई काबुमा राख्न नसक्दा आक्रमण गरेको उनले बयानमा भनेका छन् ।

उनले भनेका छन्, ‘तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आइन् । ए यो लोकेले मा(यो भन्दै आउँदा उनलाई पनि लखेटीलखेटी हिर्काएँ । सासु ढलेको देखेपछि बुहारी अगाडि बढिन्, उनलाई पनि हिर्काएँ । त्यसपछि सानासाना दुई जनालाई पनि हानें । अन्तिममा मात्र घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएको हुँ ।’
अनुसन्धान अधिकृतका अनुसार लोकबहादुर पछिल्ला दिनमै घरमै खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनी मलेसियाबाट तीन वर्षअघि फर्किएका थिए । मलेसियामा रहँदा स्वास्थ्य स्थिति बिग्रिएपछि उनी नेपाल फर्केका थिए । अहिले भने उनको स्वास्थ्य अवस्था ‘ठिकै’ थियो ।

दुई परिवारबीच पहिले आर्थिक लेनदेनसमेत प्रहरीले जानकारी पाएको थियो । तर, लोकबहादुरको परिवारले तेजबहादुरलाई उक्त रकम तिरिसकेको पाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी नेतृत्वको टोली पनि घटनास्थल पुगेको थियो । यसैगरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवरको नेतृत्वको टोली, जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदी, संघीय प्रहरी इकाइबाट एसपी भीम दाहालको टोलीले पनि अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर