इटालियन सिरी ए : रोमाद्धारा सासुओलोलाई २ - १ गोल अन्तरले पराजित — OSNepal

इटालियन सिरी ए : रोमाद्धारा सासुओलोलाई २ – १ गोल अन्तरले पराजित

LC (KTM) September 13, 2021 0

रोमा, २८ भदौ – स्टेफन एल शारवीले अन्तिम मिनेटमा गरेको गोलसँगै इटालियन सिरी ए मा रोमाले रोमाञ्चक जित निकालेको छ । आइतबार राति घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले सासुओलोलाई २/१ गोल अन्तरले पराजित गरेकाे हाे ।

जोसे माउरिन्होको टोलीलाई अपराजित यात्राकाे क्रममा स्टेफनसहित ब्रायन क्रिष्टान्टेले एक/एक गोल गरे । सासुओलोको लागि फिलिप डुरिकिकले एक गोल गरे ।

पहिलो हाफमा ब्रयानको गोलसँगै रोमाले खेलमा १/० को अग्रता बनायो । दोस्रो हाफको ५७ मिनेटमा फिलिपले सासुओलोलाई १/१ को स्थितिमा पुर्‍याए । तर ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गर्दै स्टेफनले रोमाञ्चक जितसहित टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँग ३ खेलमा ९ अंक बनाएको माउरिन्होको टोली शीर्ष स्थानमा यथावत छ । समान ९ अंक भए पनि एसी मिलान र नापोली क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

आइतबार राति नै भएका सिरी ए का अन्य खेलमा एसी मिलानले लाजियोलाई २/० गोल अन्तरले पराजित गरेकाे छ। मिलानको जितमा राफयल लेआओ र जालटान इभ्राहिमोभिकले एक/एक गोल गरे ।

टोरिनोले सेलर्निटानालाई ४/०, उडिनेसले स्पेजियालाई १/० तथा जेनोयाले कागरियलीलाई रोमाञ्चक खेलमा ३/२ गोल अन्तरले पराजित गरे । अर्काे खेलमा साम्पडोरिया र इन्टर मिलानले २/२ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर