लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकाल्यो — OSNepal

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकाल्यो

LC (KTM) September 13, 2021 0

लिड्स, २८ भदौ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकालेको छ । आइतबार रातिको खेलमा लिभरपुरले लिड्समाथि ३/० को सहज जित निकालेको हो ।

एलाण्ड रोडमा भएको खेलमा लिभरपुरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । लिभरपुरको जितमा मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे ।

सलाहले खेलको २० मिनेटमा गोल गर्दै लिभरपुरलाई १/० को अग्रता दिलाए । ५० मिनेटमा फाबिन्होको गोलमा दोहोरो अग्रता रह्यो भने मानेले ९० मिनेट पछि थपिएको तीन मिनेटमा गोल गर्दै ३/० को सहज जित दिलाए ।

जितसँगै लिभरपुर १० अंकसहित इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा छ । समान चार खेलसहित १० अंक रहेपनि म्यानचेष्टर युनाईटेड र चेल्सी गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर