अमेरिका संगको भोलीको खेलमा जित निकाल्न कठिन हुन्छ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ल — OSNepal

अमेरिका संगको भोलीको खेलमा जित निकाल्न कठिन हुन्छ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ल

LC (KTM) September 12, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा भोली नेपालले अमेरिका संग प्रतिष्पर्धा गर्दैछ । प्रतिष्पर्धा गर्नु अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिका संगको खेल एकदमै कठिन हुने प्रतिक्रिया दिएका छन् ।

उनले अमेरिकामा अहिले राम्रो खेलाडीहरु रहेको र पीएनजी संगको खेल पनि उत्कृष्ट खेलेकोले जित निकाल्न सहज नभएको बताएका हुन् । कप्तान मल्लले भने अमेरिका तालिकामा दोस्रो स्थानमा समेत रहेको छ ।

यो अवस्थामा केहि फरक पर्छ जस्तो मलाई लाग्छ । अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल दिउँसो सभा ४ बजे हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । लिग–२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। जसमा नेपालले दुबै खेल जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर