दोलखामा ८ बजेर ४१ मिनेटमा गयो भुकम्प — OSNepal

दोलखामा ८ बजेर ४१ मिनेटमा गयो भुकम्प

LC (KTM) September 12, 2021 0

२०७२ सालको भुकम्प पछि लामो समय सम्म पराकम्प गई रह्यो । त्यसपछि ठुलो भुकम्प भने गएको छैन । तर सानो तिनो भुकम्प जाने क्रम भने रोकिएको छैन । यसैक्रममा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर आज राती भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ । आइतबार साँझ ८ बजेर ४१ मिनेटमा भुकम्प गएको मापन केन्द्रले जनाएको छ । भुकम्प बाट अहिले सम्म कुनै क्षती पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर