बंगलादेश संग बराबरीमा रोकिए पछि नेपाली महिला फुटबलकी कप्तान रेनुका भन्छिन् - नयाँ खेलाडी भएर तालमेल हुन सकेन — OSNepal

बंगलादेश संग बराबरीमा रोकिए पछि नेपाली महिला फुटबलकी कप्तान रेनुका भन्छिन् – नयाँ खेलाडी भएर तालमेल हुन सकेन

LC (KTM) September 12, 2021 0

आजको दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेश संग बराबरीमा रोकिए पछि राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले टिममा खेलाडीबीच तालमेल नमिलेका कारण सोचे जस्तो खेल्न नसकेको प्रतिक्रिया दिएकी छिन् ।

उनले पाहुना टिमविरुद्ध अपेक्षा अनुसार प्रर्दशन गर्न नसकिएको स्वीकार गरेकी छिन् । टिममा नयाँ खेलाडी भएकोले सोचे अनुसारको तालमेल निस्कन नसकेको उनले बताईन् । साथै उनले गोल निकाल्न धेरै प्रयास गरे पनि नसकेको बताएकी छिन् । उनले आगामी खेलमा सुधार गर्ने पनि बताईन् ।

त्यतिमात्र हैन उनले नयाँ प्रशिक्षक फिलिप्स संग सिक्न गाह्रो समेत भईरहेको बताएकी छिन् । उनले पुराना र सिनियर खेलाडी टीममा नरहेकोले नयाँ खेलाडी लाई सिकाउन गाह्रो भईरहेको दाबी गरेकी छिन् । त्यस्तै आजको प्रर्दशन बाट प्रशिक्षक फिलिप्स पनि असन्तुष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर