नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण हुदै , भोली नेपालले अमेरिका संग भिड्दै — OSNepal

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण हुदै , भोली नेपालले अमेरिका संग भिड्दै

LC (KTM) September 12, 2021 0

नेपाली क्रिकेटका फ्यानहरु लाई खुशीको खबर आएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज घरमै बसी बसी हेर्न पाउने भएका छन् ।

यस त्रिकोणात्मक एक दिवसीय सिरिजको प्रत्यक्ष प्रशारण हुने भएको छ । यस खेलको प्रत्यक्ष प्रशारण डिश मिडियाले गर्नेछ । नेपाल क्रिकेट संघ क्यान र डिश मिडिया नेकवर्क बीच प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर समेत भएको क्यानले जनाएको छ ।

यस संझौतामा क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले हस्ताक्षर गरे संगै प्रत्यक्ष प्रशारण हुने पक्का भएको हो । सम्झौतासँगै सिरिज अन्तर्गत नेपालले खेल्ने खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो सिरिज भोलि बाट सुरु हुँदैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग खेनेछ । नेपाल र अमेरिकाबीचको खेल भने एक्सन स्पोर्टस बाट दिउँसो सभा ४ बजे बाट सुरु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर