आज भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाली महिला फुटबल टोली बंगलादेश संग गोलरहित बराबरीमा रोकियो — OSNepal

आज भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाली महिला फुटबल टोली बंगलादेश संग गोलरहित बराबरीमा रोकियो

LC (KTM) September 12, 2021 0

नेपाली राष्ट्रिय महिला फुटबल टिम बंगलादेश संगको दोस्रो मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ । पहिलो खेलमा दुई एकको नतिजा निकालेको नेपाली टोली दोस्रो खेलमा भने बंगलादेश संग गोल रहित बराबरीमा रोकिएको हो ।

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले स्पष्ट जित निकाल्न सकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका सम्पन्न भएको खेलमा नेपालले थुप्रै गोल गर्ने अवसर गुमाएको थियो ।

आज बंगलादेश पनि निक्कै आक्रामक रुपमा प्रस्तुत भएको थियो । तर दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् र बराबरीमा खेल टुुंग्याए । नेपालले बिहीबार भएको पहिलो खेलमा दुई एक गोल अन्तरको जित निकालेको थियो ।

नेपालको जितका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोलको योगदान दिएका थिए । एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नेपालले मैत्रीपुर्ण खेल खेलिरहेको हो । एसियन कप २०२२ उज्वेकिस्तानमा आयोजना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर