अंशवण्डाको विषयमा विवाद हुँदा आफ्नै भाईले गरे खुकुरी प्रहार गरी दाईको हत्या — OSNepal

अंशवण्डाको विषयमा विवाद हुँदा आफ्नै भाईले गरे खुकुरी प्रहार गरी दाईको हत्या

LC (KTM) September 12, 2021 0

ओखलढुंगा २७ भदौ । अंशवण्डाको विषयमा विवाद हुँदा आफ्नै भाइले दाईको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्क बस्ने मृतककै माईला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

निजहरुले अंशबण्डाको बिषयमा विवाद हुँदा खुकुरी तथा दाउ प्रहार गरी दाई मित्रबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको थियो ।

ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले निजहरुलाई खुकुरी तथा दाउ सहित पक्राउ गरेको छ । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर