अवैध रुपमा लुकाई राखेको काठ बरामद — OSNepal

अवैध रुपमा लुकाई राखेको काठ बरामद

LC (KTM) September 12, 2021 0

कपिलवस्तु, २७ भदौ- विजयनगर गाउँपालिका-७ गेढुवाजोतस्थित पोखरीमा अवैध रुपमा लुकाई राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको १५० क्युफिटको २४ थान शिशौ जातको गोलिया काठ शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त पोखरीमा काठ लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी ठाकुरापुरबाट खटिएको प्रहरीले उक्त काठ फेला पारी बरामद गरेको हो बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर