दिनेशको घरबाट १० लाख सहित सुनका गहना चोरी — OSNepal

दिनेशको घरबाट १० लाख सहित सुनका गहना चोरी

LC (KTM) September 12, 2021 0

ललितपुर, २७ भदौ-ललितपुर महानगरपालिका-१५ सातदोबाटो बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको छ ।

उनको घरको कोठाको ताल्चा फोडी सुनका विभिन्न गर-गहना र नगद समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर