एमालेसँगको छलफल पछि बसेको संसदको दोस्रो बैठक पनि अवरुद्ध — OSNepal

एमालेसँगको छलफल पछि बसेको संसदको दोस्रो बैठक पनि अवरुद्ध

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । छलफल पछि पनि नेकपा एमालेले दोस्रो पटकको संसद बैठक पनि अवरुद्ध गरेको छ ।

पहिलो बैठक सुरु भएसँगै नारावाजी लगाउन सुरु गरेका एमाले सांसदहरुलाई सभामुखले पटक पटक आग्रह गरेपनि बैठक सुचारु नभएपछि १५ मिनेटको लागि बैठक स्थगित भएको थियो ।

त्यसपछि सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितलाई राखेर एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए ।

छलफल पछि बसेको दोस्रो बैठकमा पनि नेकपा एमाले संसद बैठक अवरुद्ध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर