नेकपा (एस) का र लोसपामा प्रवेश गरेका प्रदेश सांसदले पाए मान्यता — OSNepal

नेकपा (एस) का र लोसपामा प्रवेश गरेका प्रदेश सांसदले पाए मान्यता

LC (KTM) September 12, 2021 0

काठमाडौं २७ भदौ । निवार्चन आयोगले नेकपा ९एकीकृत समाजवादी० का ५४ जना सांसद र र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका १७ जना प्रदेश सांसदहरूलाई मान्यता दिएको छ ।

नेकपा एस प्रवेश गर्नेमा प्रदेश नम्बर–१ बाट १०, प्रदेश नम्बर–२ बाट १३, वाग्मती प्रदेशबाट १३, लुम्बिनी प्रदेशबाट एक, कर्णाली प्रदेशबाट तीन, सुदूरपश्चिम प्रदेशबाट १४ सांसद गरी ५४ सांसद रहेका छन् ।

त्यसैगरी , लोसपा प्रवेश गर्नेमा जनता समाजवादी पार्टी (जसपा)का प्रदेश–२ बाट १६ र सुदूरपश्चिम प्रदेशबाट एक सांसद गरी १७ सांसद रहेका छन् ।

यी दुवै दल रोज्ने सांसदलाई निवार्चन आयोगले मान्यता दिएको हो । यसको जानकारी प्रदेशसभा तथा दललाई समेत दिइसकेको छ ।

साथै स्थानीय तहका पदाधिकारीका विषयमा पनि केहि दिनमा नै जानकारी गराइनेआयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर