सांसदहरुलाई ओलीको निर्देशन : वेल भन्दा बाहिर गएर फाल्तुको नारा नलगाउनुहोस् — OSNepal

सांसदहरुलाई ओलीको निर्देशन : वेल भन्दा बाहिर गएर फाल्तुको नारा नलगाउनुहोस्

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसदीय मर्यादाभित्र तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिएका छन् । आज संसद बैठकमा पनि एमलोले अवरोध गरेको छ ।

सभामुखले संसद बैठक प्रारम्भ गर्दै गर्दा बेल घेराउ गरी एमाले सांसदहरुले नारावाज लगाएका छन् ।

संसद बैठक अगाडी एमालेको संसदीय दलको बैठकमा ओलीले भनेका छन् , ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

बैठकमा ओलीले भने , ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर