पुथाउत्तरगंगामा यस वर्ष स्याउ उत्पादन बढ्ने — OSNepal

पुथाउत्तरगंगामा यस वर्ष स्याउ उत्पादन बढ्ने

LC (KTM) May 20, 2021 0

रुकुमपूर्व, ६ जेठ – रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपलिकामा यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ । कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयम्सेवक र सम्बन्धित वडाका जनप्रतिनीधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिनुभयो । गत वर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति गरेन भने यस वर्ष ८० देखि सय टनसम्म उत्पान हुने अनुमान छ ।

गाउँपलिकाको २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रुपमा विकास गरी काम गरिरहेको ओलीले बताउनुभयो । अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भएपनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँका मानीसले घोडा, खच्चडमार्फत स्याउ ढुवानी गर्दै आएका छन् भने कतीपयको स्याउ बारीमै कुहिने गरेको छ ।

गाउँपालिकाले ढुवानीमा अनुदान भनेर यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ । यस वर्ष लगाएका बिरुवाको अनुगमन गरिएको छ । लगाएका बिरुवामा २० दे्खि २५ प्रतिशत खडेरीको कारण मरेका छन् । बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकोले बिरुवा मरेको बताइएको छ । तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन् । स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर