जान्नुहोस् सुर्यास्त पछि भुलेर पनि गर्नुहुदैन यी काम — OSNepal

जान्नुहोस् सुर्यास्त पछि भुलेर पनि गर्नुहुदैन यी काम

LC (KTM) September 12, 2021 0

काठमाडौं-नेपाली हिन्दु समाजमा महिलालाई घरको लक्ष्मी समान मानिन्छ । हिन्दु धर्मका अनुसार महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ । तर ज्योतिष शास्त्रका अनुसार भने केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन भनेर अर्थाइएको छ ।

यस्ता कामका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । त्यसैले सुर्यास्तपछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन भन्ने मान्यता रहेको छ । महिलाले यस्ता काम गर्नाले जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुनसक्छ ।

ज्योतिष शास्त्रका अनुसार महिलाले सुत्नु अघि कपाल नुहाउनुहुँदैन, यस्तो गर्नु हानिकारक हुन्छ । महिलाहरुले रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । भाडा जुठो नराखेमा यसो गर्दा घरमा लक्ष्मीको बास हुन्छ भने घरमा वैभव, सम्पन्नता घरमा आउँछ भन्ने विश्वास गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर