आजको संसद बैठकमा पनि अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ : अध्यक्ष ओली — OSNepal

आजको संसद बैठकमा पनि अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ : अध्यक्ष ओली

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई माइकले हान्ने योजना नभएको स्पष्ट पारेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा सहभागी भएका अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो योजना सभामुखको टाउकोमा माइकले हान्ने नभएको भन्दै नभएको कुरा बोल्नु हुँदैन भनेका छन् ।

आजको बैठकमा पनि विरोभ कायम नै रहने ओलीले जनाएका छन् । संसदीय मर्यादाभित्र तोकिएको धारमा रहनुपर्ने बताएका उनले अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ भन्दै बैठकमा भने, ‘हामीले बोल्नुपर्ने कुराहरू दलको बैठकमा बोल्न सकिन्छ । सञ्चारमाध्यममा बोल्न सकिन्छ । हामी व्यापक रूपमा व्याख्या गर्नेछौँ ।’

संसदमा नारावाजी बाहेक अन्य समिा पार गर्न नहुने पनि ओलीले जनाएका छन् । आफ्ना सांसदलाई लक्षित गर्दै ओललिे भने संसदमा बोल्दा ध्यान दिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर