देशीविदेशी प्रतिक्रियावादीको चलखेलले माधव नेपालले पार्टी बिभाजन गरे - नेता गैरे — OSNepal

देशीविदेशी प्रतिक्रियावादीको चलखेलले माधव नेपालले पार्टी बिभाजन गरे – नेता गैरे

LC (KTM) September 12, 2021 0

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका उपसचिव प्रेमनारायण गैरे नेकपा एमाले पार्टी एकताको पक्षमा सक्रिय बनेका छन । देशीविदेशी प्रतिक्रियावादी को चलखेलले माधव नेपालले पार्टी बिभाजन गरेको आरोप लगाएका हुन ।

अर्घाखाँचीका नेता प्रेमनारायण गैरे लगायतका नेताले नेकपा एमाले पार्टी एकताको पक्षमा रहेको हुदा गलत बाटो छाडेर एमालेमा एकढिक्का हुन कार्यकर्ता लाई आग्रह गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटीका सबैले जेठ २ पुर्वको जिम्मेवारी प्रदान गरेपछि यस अघि पार्टी लाई विधि पद्धतिमा चलाउनुपर्ने एजेन्डा बोक्दै अंतरसंघर्षमा रहेका एमाले अर्घाखाँचीका उपाध्यक्ष जीवनारायण कोइराला र उपसचिव प्रेमनारायण गैरे लगायत नेता पार्टी एकताको पक्षमा सक्रिय बनेर लागेका हुन ।

नेता गैरेले आफूले अगाडि सारेका मागलाइ १० बुदे सहमति मार्फत सम्बोधन भैसके पछि पनि देशीविदेशी प्रतिक्रियावादी को चलखेलले माधव नेपालले पार्टी बिभाजन गरेको आरोप लगाए ।

१० बुदे सहमति र त्यसको सर्वसम्मत कार्यान्वयन पछि पनि बिभाजनको कुरा गर्नु बेठिक हुने भन्दै पार्टी बिभाजन तर्फ नलाग्न र एमाले लाई एकतावद्ध बनाएर लैजाने अभियानमा जोडिन सबै नेता कार्यकर्ता लाई आग्रह गरेका थिए ।

नेकपा एमाले जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठकले विशेष प्रस्ताव पारित गर्दै बाटो बिराएका र भ्रममा परेर अर्को पार्टीमा जाने मनस्थिति बनाएका सम्पूर्ण नेता कार्याकर्तालाई बिभाजनको बाटो छोडेर पूर्वबत जिम्मेवारीमा फर्केर पार्टी काम गर्न र पार्टीलाई सक्रियता पुर्वक योगदान गर्न पार्टीले आव्हान गरेको छ ।

बैठकमा एमाले अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता भएको बैठकमा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता,प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी घिमिरेको विशेष आतिथ्यता, सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री,जनार्दन खनाल, कुटमदिन अलि लगाएतका नेताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर