काठमाडौं । आज दिउँसो मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसो बदली रही सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।यद्यपी केही दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू(भागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ ।
मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने आज दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।