१२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका रोनाल्डोले गरे कमाल, रोनाल्डोको २ गोलले म्यान्चेस्टर युनाईटेड बिजयी — OSNepal

१२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका रोनाल्डोले गरे कमाल, रोनाल्डोको २ गोलले म्यान्चेस्टर युनाईटेड बिजयी

LC (KTM) September 12, 2021 0

एजेन्सी- क्रिश्चियानो रोनाल्डोको दुई गोलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । रोनाल्डोले म्यान्चेस्टर युनाईटेडको पुनरागमनमा दुई गोल गर्दा न्युकासल युनाईटेड ४–१ ले पराजित भएको हो ।

गएराती आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टरका लागि रोनाल्डोको दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र जेस्सी लिंगार्डले एक एक गोल गरे ।न्युकासलका हेभियर म्यान्कीलोले एक गोल फर्काए ।

१२ वर्षपछि म्यान्चेस्टर युनाईटेड फर्किएका रोनाल्डोले टोलीलाई थप नया आशा थपिदिएका छन् । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हराउँदा चेल्सीले एस्टन भिल्लामाथि ३–० को जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर