साबिक बिजेता म्यान्चेटर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपुर्ण जित, उल्भ्स र ब्राइटन बिजयी हुदा साउथह्याम्पटन र वेस्ट ह्यामले बराबरी खेले — OSNepal

साबिक बिजेता म्यान्चेटर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपुर्ण जित, उल्भ्स र ब्राइटन बिजयी हुदा साउथह्याम्पटन र वेस्ट ह्यामले बराबरी खेले

LC (KTM) September 11, 2021 0

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता समेत रहेको टोली हो । उसले आजको खेलम एकदमै संघर्षपूर्ण जित निकालेको छ । लिग अन्र्तगत आज राति सम्पन्न खेलमा सिटीले लेस्टर सिटी संग एकदमै संघर्षपुर्ण जित निकालेको हो ।

उसले लेस्टरलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै जित निकाल्न सफल भएको हो । लेस्टर भने आफ्नै मैदानमा सिटी संग पराजित हुन पुग्यो । साबिक बिजेता सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले खेलको ६२ औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

आजको यो जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । सीटीले ४ खेल खेलिसकेको छ । उसले ४ खेलमा ९ अंक जोडेको छ । त्यस्तै आजै भएको अर्काे खेलमा उल्भ्सले वाट्फोर्डलाई दुई शुन्य गोलले स्तब्ध बनाएको छ ।

आज राती नै सम्पन्न भएको अन्य दुई खेलमा ब्राइटनले ब्रेन्टफोर्डलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दा साउथह्याम्पटन र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर