आर्सनलको इंग्लिश प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता — OSNepal

आर्सनलको इंग्लिश प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता

LC (KTM) September 11, 2021 0

आर्सनलले इंग्लिश प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । आज राती सम्पन्न खेलमा नर्विच सिटीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै आर्सनलले लिगमा पहिलो जित दर्ता गरेको हो । आर्सनलले घरेलु मैदानको फाईदा लुटेको छ ।

आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले खेलको ६६ औ मिनेटमा निर्णायक गोल गरेका थिए । आजको यो जितसँगै आर्सनलले ४ खेल बाट ३ अंक जोड्न सफल भएको छ । आर्सनल लिगको १६ औं स्थानमा रहेको छ ।

आर्सनलले ३ खेलमा लगातार पराजय भोगेको थियो । नर्विचले भने पराजयको श्रृंखलालाई निरन्तरता दिएको छ । नर्बिचको आजको यो हार चौंथो हार हो । अंक विहीन रहेको नर्विच लिगको सबैभन्दा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर