इंग्लिस प्रिमियर लिगको आजको खेलमा क्रिस्टल अन्तिम १५ मिनेटमा ३ गोल गर्न सफल , टोटनहमको अपराजित यात्रामा पुर्ण बिराम — OSNepal

इंग्लिस प्रिमियर लिगको आजको खेलमा क्रिस्टल अन्तिम १५ मिनेटमा ३ गोल गर्न सफल , टोटनहमको अपराजित यात्रामा पुर्ण बिराम

LC (KTM) September 11, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको खेलमा क्रिस्टल प्यालेस बिजयी भएको छ । उसले टोटेनहमलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । क्रिस्टलको जितमा ओडसन एडुवार्ड नायक बने ।

उनले ब्यक्तिगत दुई गोल गरे । त्यस्तै क्रिस्टलका लागि विल्फ्रिड जाहाले एक गोलको योगदान दिए । क्रिस्टलले ३ गोल दोस्रो हाफमै गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भए पनि क्रिस्टलले दोस्रो हाफमा आफ्नो खेल देखाएको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिए पछि क्रिस्टललाई गोल गर्न सजिलो भएको थियो । टोटनहमका टाङगंगा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान बाहिरिए पुगेपछि टोटनहम १० खेलाडीमा सिमित हुन पुगेको थियो । दोस्रो हाफको अन्तिम १८ मिनेटमा क्रिस्टलले ३ गोल गरेको थियो ।

आजको पराजय संगै शीर्ष स्थानको टोटेनहमले सिजनको पहिलो हार व्यहोरेको छ । टोटेनहम अघिल्लो तीन खेलमा अपराजित रहेको थियो । क्रिस्टल ४ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर