क्रिकेटमा नेपालको बरीयताक्रम जस्ताको त्यस्तै — OSNepal

क्रिकेटमा नेपालको बरीयताक्रम जस्ताको त्यस्तै

LC (KTM) September 11, 2021 0

नेपालले पीएनजी संगको एक दिवशीय क्रिकेटमा एकदमै राम्रो प्रर्दशन गरे पनि क्रिकेटको बरीयता भने यथावत नै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको एकदिवसीय र टी ट्वान्टी वरीयतामा नेपाल यथास्थानमै रहेको छ ।

नेपाल एकदिवसीय बरीयतामा १६ औं र टी ट्वान्टी क्रिकेटमा १३ औ स्थानमा रहेका छन् । तर एसोसियट राष्ट्रलाई हेर्ने हो भने नेपाल भन्दा माथिल्लो बरीयतामा ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।

एकदिवसीय बरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड , दोस्रोमा इंग्ल्यान्ड तेस्रोमाअष्ट्रेलिया चौथोमा भारत र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् । टी ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । त्यस्तै भारत , पाकिस्तान न्युजिल्याण्ड र दक्षिण अफ्रिका दोस्रो , तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

नेपाल भने टी ट्वान्टीको बरीयताक्रममा ११ औं स्थान सम्म पुगेको थियो । यो नै नेपालको सर्वाधिक उच्च वरीयता समेत रहेको छ । त्यहाँ देखी नेपाल अघि बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर