एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप — OSNepal

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

LC (KTM) September 11, 2021 0

काठमाडौं, २६ भदौ-अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर