२४ घण्टामा प्रदेश–१ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि,तीन जनाको मृत्यु — OSNepal

२४ घण्टामा प्रदेश–१ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि,तीन जनाको मृत्यु

LC (KTM) September 11, 2021 0

विराटनगर, २६ भदौ – पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२ मध्ये विराटनगरमा ३७, झापामा ३२, सुनसरीमा २६, धनकुटामा दुई, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २८८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो सङ्क्रमणबाट मुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर