१२ बर्ष पछि म्यान्चेष्टर युनाइटेड बाट रोनाल्डोले न्युकासल बिरुद्धको खेलमा डेब्यु मार्दै , आज इंग्लिस प्रिमियर लिग फुटबलमा ८ खेल हुदै — OSNepal

१२ बर्ष पछि म्यान्चेष्टर युनाइटेड बाट रोनाल्डोले न्युकासल बिरुद्धको खेलमा डेब्यु मार्दै , आज इंग्लिस प्रिमियर लिग फुटबलमा ८ खेल हुदै

LC (KTM) September 11, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलका फ्यानहरुलाई आज आँखा झिमिक गर्न नपाउने समय रहेको छ । किनकी प्रिमियर लिग अन्तर्गत आज मात्रै विभिन्न आठ खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका चर्चितल क्लबहरुले आज आफ्नो खेल प्रर्दशन गर्दैछन् ।

म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग प्रतिष्पर्धा गर्दैछ । यी दुई टिम सिटी र लेस्टरबीचको खेल राति पौने ८ बजे बजे सुरु हुनेछ । त्यस्तै आज नै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग प्रतिष्पर्धा गर्दैछ । रोचकको बिषय त यो छ कि १२ बर्ष पछि युनाईटेड फर्किएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले आज डेब्यु मार्दैछन् ।

न्युकासलविरुद्ध मैदान उत्रदा रोनाल्डोले आफ्नो चमत्कार देखाउने उनका फ्यानहरुको बिश्वास रहेको छ । यी दुबै टीम बिचको खेल नेपाली समय अनुसार पौने ८ बजे हुनेछ । त्यस्तै आजै चेल्सीले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ । दुई टोलिबीचको खेल पौने ११ बजे सुरु हुनेछ ।

यस्तै आर्सनलले घरेलु मैदानमा नर्विच सिटीसँग भिड्दा टोटेनहमले क्रिस्टल प्यालेससँग खेल्नेछ ।अन्य खेलमा वाट्फोर्डले उल्भ्स, ब्रेन्टफोर्डले ब्राइटन तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग प्रतिष्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर