एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित — OSNepal

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

LC (KTM) September 11, 2021 0

काठमाडौं, २६ भदौ – नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ । शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्त प्रदीप ज्ञवालीले न्युज कारखानालाई जानकारी दिए ।

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो । अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने ।

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर