टाईगर ब्रअरीका अध्यक्ष समेत रहेका उद्योगपति तेजेन्द्र खड्काको मृत्यु — OSNepal

टाईगर ब्रअरीका अध्यक्ष समेत रहेका उद्योगपति तेजेन्द्र खड्काको मृत्यु

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । कोरोना संक्रमणबाट टाईगर ब्रअरीका अध्यक्ष समेत रहेका उद्योगपति तेजेन्द्र खड्काको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि ललितपुरकोनेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका खड्को आज बिहिबार बिहान १० बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

एक हप्ता अगाडी गरिएको पिसीआर परिक्षण नतिजा नेगेटिभ आएपनि स्वास्थ्यमा भने सुधार नआएकाले उनलाई अस्पतालमै राखिएको थियो । नेपालकै ठूलो उद्योग टाईगर ब्रअरीका अध्यक्ष ५३ वर्षीय खड्का  प्राइम टाईम्स टेलिभिजनका संरक्षक पनि हुन् ।

उनकी पत्नी सुन्तली खड्काको पनि केहि हप्ता अगाडी मात्र कोरोना संक्रमणकै कारण ज्यान गएको थियो ।खड्काको दुई छोरा  र एक छोरी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर