सन्दिपको करियरकै उत्कृष्ट बलिंग , ११ रन खर्चिएर ६ विकेट लिएका सन्दीप भए प्लेयर अफ दि म्याच — OSNepal

सन्दिपको करियरकै उत्कृष्ट बलिंग , ११ रन खर्चिएर ६ विकेट लिएका सन्दीप भए प्लेयर अफ दि म्याच

LC (KTM) September 10, 2021 0

पपुवा न्युगिनी पीएनजी विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले शानदार जित निकालेको छ । आजको दोस्रो तथा अन्तिम खेलमा नेपालले १५१ रनको फराकिलो जित निकालेको हो । आजको खेलमा ब्याटिंगमा रोहीत पौडेल नायक बने भने बलिंगमा सन्दिप लामिछानेले आफ्नो चमत्कार नै देखाए ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा प्लेयर अफ दि म्याच समेत चुनिएका छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार नेपाललाई जित दिलाउन एकदमै किफायती बलिङ गरेका सन्दीप प्लेयर अफ दि म्याच चुनिएका हुन् ।

सन्दीपले आजको खेलमा एक्लैले पीएनजीको ६ विकेट चड्काएका थिए । उनले ५.१ ओभर बलिंग गर्दै मात्र ११ रन खर्चिएर ६ विकेट चड्काएका हुन् ।सन्दीपको यो करियरकै सबैभन्दा उत्कृष्ट बलिङ हो ।

यस अघि सन्दीपले १६ रन खर्चिएर ६ विकेट लिदै उत्कृष्ट बलिङ फिगर बनाएका थिए ।सन्दीप लगातार दोस्रो खेलमा प्लेयर अफ दि म्याच चुनिएका हुन् । नेपालले सिरिजमा २(० ले क्लिन स्विप समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर