रोहीतको सम्हालिएको ब्याटिंग र सन्दिपको आक्रमक बलिंगका कारण नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनको फराकिलो अन्तरले हरायो — OSNepal

रोहीतको सम्हालिएको ब्याटिंग र सन्दिपको आक्रमक बलिंगका कारण नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनको फराकिलो अन्तरले हरायो

LC (KTM) September 10, 2021 0

नेपालले पपुवा न्युगिनी पीएनजी विरुद्धको दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । नेपालले सिरिज २ ० ले जितेको हो । आज भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले पीएनजीलाई १ सय ५१ रनको बिशाल अन्तरले पराजित गरेको हो ।

नेपालको जितका लागि आज ब्याटिंगमा रोहीत पौडेल र बलिंगमा सन्दिप लामिछाने चम्किदा यति ठुलो रन अन्तरले नेपालले सिरीज जित्न सफल भएको हो । यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो ।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । आजको खेलमा नेपालका लागि रोहीतले ८६ रनको योगदान दिए ।

त्यस्तै पीएनजीलाई सस्तैमा समेट्न सन्दिप लामिछाने एक्लैले ११ रन खर्चिदै ६ विकेट लिन सफल भए । सन्दिप संगै सोमपाल कामी, बिक्रम सोब, सुसन भारीले एक एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर