नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा शासकीय र धार्मिक सङ्ग्रहालय निर्माण गरिने — OSNepal

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा शासकीय र धार्मिक सङ्ग्रहालय निर्माण गरिने

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ – नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय सङ्ग्रहालय निर्माण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आज पेश गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा सङ्ग्रहालय निर्माण प्रारम्भ गरिने उल्लेख छ । योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन एवं जनयुद्ध र मधेश आन्दोलनलगायतमा त्याग तथा नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञको इतिहास समेट्ने गरी सङ्ग्रहालय निर्माण प्रारम्भ हुन लागेको हो ।

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता पनि सरकारले बजेट वक्तव्यमा गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर