बंगलादेशविरुद्धको पाँचौं तथा अन्तिम टी ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड बिजयी — OSNepal

बंगलादेशविरुद्धको पाँचौं तथा अन्तिम टी ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड बिजयी

LC (KTM) September 10, 2021 0

घरेलु टीम बंगलादेशले न्युजिल्याण्ड संगको पाँचौ टी ट्वान्टी क्रिकेट ३ २ ले आफ्नो पक्षमा पारेको छ । तर घरेलु टिम बंगलादेशविरुद्धको पाँचौं तथा अन्तिम टी ट्वान्टी क्रिकेटमा न्युजिल्याण्डले अन्तिम खेलमा जित निकालेको छ । ढाकामा आज भएको पाँचौं टी ट्वान्टीमा न्युजिल्याण्डले बंगलादेशलाई २७ रनले हराए पनि समग्र खेल भने हारेको छ ।

बंगलादेशले पहिलो पटक न्युजिल्याण्डविरुद्धको टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको हो । न्युजिल्याण्डले बंगलादेश लाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिइको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो र अन्तिम खेल न्युजिल्याण्डलाई सुम्पियो ।

बंगलादेशका लागि अफिफ होसेनले अविजित ४९ रन बनाए । मोहमद नाइम र कप्तान ममुद उल्लाहले समान २३ २३ रन जोडे ।न्युजिल्याण्डका अजाज पलेट र स्कटले २र२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।न्युजिल्याण्डका लागि कप्तान टम लाथमले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर