एमालेले जुन दिनसम्म संविधान, ऐन, नियम, कानूनले चिनेको सांसदलाई मान्दिन भन्छ त्यो दिनसम्म संसद यसरी नै चल्छ — OSNepal

एमालेले जुन दिनसम्म संविधान, ऐन, नियम, कानूनले चिनेको सांसदलाई मान्दिन भन्छ त्यो दिनसम्म संसद यसरी नै चल्छ

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दल नेकपा एमालेको माग कसैले पनि हल गर्न नसक्ने बताएका छन् ।

आज शुक्रबार संसद बैठक पछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘सभामुख नै मान्दिन, सांसद नै मान्दिन, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद गरेर एमालेको मागको हल गर्न सक्दैन ।’

जुन दिन सम्म एमालेले सभामुखलाई ,यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको सांसदलाई मान्दिन भन्छ त्यो दिनसम्म संसद यसरी नै चल्छ यो भन्दा अर्को बाटो नभएको थापाले बताएका छन् ।

‘हाम्रो संसदीय अभ्यासको क्रममा आज अस्तिको बैठकमा जे भयो, यो सुखद कुरा नभएको टिप्पणी गरेका उनले भने, ‘तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्‍यो,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर