पीएनजी र नेपालबीचको खेल जारी , २५ ओभरमा ३ विकेटको क्षतीमा १०४ रन बनाएर खेल्दै नेपाल — OSNepal

पीएनजी र नेपालबीचको खेल जारी , २५ ओभरमा ३ विकेटको क्षतीमा १०४ रन बनाएर खेल्दै नेपाल

LC (KTM) September 10, 2021 0

नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अहिले पपुवा न्युगिनी पीएनजी संग प्रतिष्पर्धा गरिरहेको छ । पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा भने राम्रो प्रर्दशन गर्न सकिरहेको छैन ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अहिले नेपालले पीएनजी बिरुद्ध ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले २५ ओभरमा ३ विकेटको क्षतीमा १ सय ४ रन बनाएर खेलिरहेको छ ।

नेपालले आफ्ना दुई ओपनरलाई सस्तैमा गुमाएको थियो । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेलिरहेको हो । पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो । दुई खेलको सिरिजमा नेपाल एक शुन्य ले अघि रहेको छ । आजको खेल जितेमा नेपालले दुबै खेल आफ्नो पोल्टामा पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर