बाँकेमा एकै रातमा २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको मृ त्यु — OSNepal

बाँकेमा एकै रातमा २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको मृ त्यु

LC (KTM) May 20, 2021 0

राँझा, ६ जेठ – बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ निवासी ८५ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–४ बर्दिया निवासी ४२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–३ दाङ निवासी ६५ वर्षीय पुरुषको गए राति उपचारका क्रममा कारण मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४५ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–४ कैलाली निवासी ४५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृ त्यु भएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका–६ बाँके निवासी ५४ वर्षीय पुरुषको आज बिहान १ः२० बजे मृ त्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृ त्यु भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर