नेपालमा आज १ हजार १४६ कोरोना संक्रमित थपिदा, २१ को मृत्यु — OSNepal

नेपालमा आज १ हजार १४६ कोरोना संक्रमित थपिदा, २१ को मृत्यु

LC (KTM) September 10, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५ जना गरी १ हजार १४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा विभिन्न अस्पतालबाट १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर