स्टिल उद्योगमा ५ जना मजदुरको रहस्यमय मृत्यु — OSNepal

स्टिल उद्योगमा ५ जना मजदुरको रहस्यमय मृत्यु

LC (KTM) September 10, 2021 0

काठमाडौं । वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ।भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो।त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ।अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छ ।

मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन्। उता उद्योगले भने मजदुरहरुको मृत्युबारे आधिकारिक जानकारी दिन मानेको छैन।उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीलाई सम्पर्क गर्दा टेलिफान नउठाएको साथै घटनास्थलमा सन्चारकर्मीलाई जान निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर