पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने गोविन्द र सन्तोषलाई समात्यो प्रहरीले — OSNepal

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने गोविन्द र सन्तोषलाई समात्यो प्रहरीले

LC (KTM) September 10, 2021 0

कञ्चनपुर-महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर