यसरी फकाईन् नेकपा एकीकृत समाजबादीका अध्यक्ष नेपाललाई एमसीसीकी उपाध्यक्ष सुमारले — OSNepal

यसरी फकाईन् नेकपा एकीकृत समाजबादीका अध्यक्ष नेपाललाई एमसीसीकी उपाध्यक्ष सुमारले

LC (KTM) September 09, 2021 0

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी की उपाध्यक्ष फातिमा सुमार सहितको टोली नेपाल आए लगत्तै राजनीतिक माहौल तातिएको छ । उनले नेपाल उत्रिए लगत्तै बिभिन्न राजनितीक दलका नेताहरु संगको भेटघाटलाई तिब्रता दिएकी छिन् ।

उनले आजै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । सुमार, सहउपाध्यक्ष जोनाथन ब्रुक्स सहितको टोलीले नेपाललाई समाजवादीको संसदीय दलको कार्यालयमा भेट गरेको हो।

भेटमा तिब्रता दिएकी सुमारसँग राष्ट्रहित विपरीत, स्वार्थ घुसेर आउने सहयोग नचाहिने बताएका थिए। उनको यो आशंकालाई जवाफ दिदै सुमारले एमसिसीमा कुनै स्वार्थ, सैन्य नीतिको अंश नभई विशुद्ध आर्थिक सहयोग भएकाले स्वीकार गर्न आग्रह गरेकी थिइन्। सुमार नेपालमा एमसीसी जसरी भए पनि पास गराउनका लागि भ्रमणमा आएको बताइएको छ ।

अब सुमारसहितको टोलीले भोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ। सरकारले समेत एमसीसीलाई सुटुक्क पास गर्ने योजना बनाएको छ । दिन दिनै एमसीसीको बिरोध हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर