साबित्राको अनुपस्थितीमा फरवार्ड लाइनमा खेलेकी प्रिती राई भईन् मोस्ट भ्यालुयबल प्लेयर’, डेब्यु खेलमै दर्शकको मन जित्न सफल — OSNepal

साबित्राको अनुपस्थितीमा फरवार्ड लाइनमा खेलेकी प्रिती राई भईन् मोस्ट भ्यालुयबल प्लेयर’, डेब्यु खेलमै दर्शकको मन जित्न सफल

LC (KTM) September 09, 2021 0

राष्ट्रिय टिमबाट बंगलादेश विरुद्धको खेलमा प्रिती राईले आज डेब्यु गरिन् । उनले आफ्नो डेब्यु खेलमै दर्शकको माया जित्न सफल भएकी छिन् । माया मात्र हैन डेब्यु खेलमै उनी ‘मोस्ट भ्यालुयबल प्लेयर’ घोषित भईन् । डेब्यु खेलमै उनी उत्कृष्ट ठहरिएकी हुन् ।

एसियन कप छनोटको तयारीमा रहेको नेपालले आज मैत्रीपुर्ण खेलमा बंगलादेशसँग प्रतिष्पर्धा गरेको थियो । यो खेलमा उनी मोस्ट भ्यालुएबल प्लेयर बन्दै नगद २५ हजार प्राप्त गर्न सफल समेत भईन् ।

उनले सुरुवाती ११ खेलाडीमै रहेर खेल खेलेकी थिईन् । फरवार्ड समेत रहेकी उनले खेलको १३ औ मिनेटमा बंगलादेशको पोष्टमा गोल गर्न सफल भएकी थिईन् । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ्गले प्रितीलाई पुरस्कृत गरेका थिए ।

राष्ट्रिय टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी घाइते भएपछि प्रितीले फरवार्ड लाइनमा खेल्ने चान्स पाएकी थिईन् । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको छ । दोस्रो मैत्रीपूर्ण फुटबल आईतबार हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर