नेपाली राष्ट्रिय महिला फुटबल टीमको जित , मैत्रीपुर्ण खेलमा बंगलादेश पराजित — OSNepal

नेपाली राष्ट्रिय महिला फुटबल टीमको जित , मैत्रीपुर्ण खेलमा बंगलादेश पराजित

LC (KTM) September 09, 2021 0

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तिजको अवसरमा राम्रै खुशी दिएको छ । आज भएको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशलाई एकका बिरुद्ध दुई गोलले हराउँदै नेपाली फुटबप्रेमीहरुलाई खुशी दिएका हुन् । दशरथ रंगशालामा भएको खेलमा नेपालका सबिता राना र प्रीति राईले गोल गरे।

उनीहरुले १३ औँ मिनेटमा र २३ औ मिनेटमा गोल गरेका थिए । सबिताले १३ औ मिनेटमा गोल गर्दै नेपालका लागि अग्रता बनाएकी थिईन् । खेलको २३ औँ मिनेटमा प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

सबिता र प्रीतिले आजको खेलबाटै राष्ट्रिय टीमबाट डेब्यू गरेका हुन्। दोस्रो हाफको अन्त्यतिर बंगलादेशले एक गोल फर्काएको थियो। दोस्रो खेल आइतबार हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर