नेपाली फुटबलका चेलीहरुले तिजको अवसरमा दिए यस्तो खुशीको खबर , बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफमा २ गोलको अग्रता — OSNepal

नेपाली फुटबलका चेलीहरुले तिजको अवसरमा दिए यस्तो खुशीको खबर , बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफमा २ गोलको अग्रता

LC (KTM) September 09, 2021 0

आज सबै चेली बेटी तिज मनाएर माइतमा रमाईलो गरिरहेका बेला नेपाली फुटबलका चेलीहरुले भने नेपाललाई खुशी दिएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो हाफसम्म २–० को अग्रता बनाउन सफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेश बीचको खेल जारी रहेको छ । नेपालको लागि खेलको १३ औँ मिनेटमा सबिता रानाले गोल गरेकी थिईन् । उनको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो। त्यस्तै उनले गरेको गोलको १० मिनेट पनि बित्न नपाउँदै खेलको २३ औँ मिनेटमा प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउन सफल भएकी हुन् ।

सबिता र प्रीतिले डेब्युमै आफ्नो क्ष्ँमता देखाएका छन् । उनीहरु दुबै जनाआजको खेलबाटै राष्ट्रिय टीमबाट डेब्यू गरेका थिए । एशियन कप छनौटको तयारी गरिरहेको नेपालले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर