आज कोरोना कारण १४ जनाको मृत्यु — OSNepal

आज कोरोना कारण १४ जनाको मृत्यु

LC (KTM) September 09, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर