तमोर करिडोरमा लडेर एक मजदुरको घटनास्थलमै मृ त्यु — OSNepal

तमोर करिडोरमा लडेर एक मजदुरको घटनास्थलमै मृ त्यु

LC (KTM) May 20, 2021 0

फुङ्लिङ, ६ जेठ- तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृ त्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृ त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर