सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रतिघण्टा रु १३ हजार तिरेर सडक मर्मत — OSNepal

सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रतिघण्टा रु १३ हजार तिरेर सडक मर्मत

Kesh Karki (USA) September 09, 2021 0

–दाने बोहरा

सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई प्रतिघण्टा रु १३ हजार खर्च गरिरहेको छ ।गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ । समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ ।भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारीदिनुभयो । यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताउनुभयो । आन्तरिक पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ ।

सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट –१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ ।सिमकोट–खार्पु सडकखण्ड अवरुद्धकर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताउनुभयो ।

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उहाँले जानकारी दिनुभयो । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ । चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले जानकारी दिनुभयो ।सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उहाँले बताउनुभयो । क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर