घाँस काट्ने क्रममा रुखबाट लडेर ज्या न गुमाएका तिलकको परिवारलाई एक लाख आर्थिक सहयोग — OSNepal

घाँस काट्ने क्रममा रुखबाट लडेर ज्या न गुमाएका तिलकको परिवारलाई एक लाख आर्थिक सहयोग

LC (KTM) May 20, 2021 0

अर्घाखाँची । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा काफ्ले निवासी ३२ वर्षीय मृतक तिलक बहादुर सारुको परिवार लाई संकलन रकम रु। एक लाख दुई हजार आठ सय सन्ताउन्न हस्तान्तरण गरिएको छ । मृतक तिलक को परिवार मा ३ छोरा श्रीमती बुवा आमा छन । तिलकको गत बैशाख १८ गते का दिनमा घाँस काट्ने क्रममा रुखबाट लडेर शक्त घाइते भइ उपचारको क्रम मा गत बैशाख २१ गते निधन भएको स्थानीय छविलाल गिरीले बताए ।

परिवार को आर्थिक अवस्था निकै कम्जोर रहेको ले केही सहज होस भनी सोही गाउँका वैदेशिक रोजगारी मा रहेका कफ्लेली युवाले तिलक को परिवार लाई आर्थिक सहयोग गरेका हुन ।

वैदेशिक रोजगार मा खटिएका युवाहरू मार्फत रु ६६,८५५र( स्थानिय बासी बाट २५,०००र( मृतक तिलक का साथी पुर्ण बहादुर सारु को सक्रियतामा काठमाडौको नक्साल स्थित प्रहरी जवानहरु मार्फत रु ११००१र( गरि जम्मा रकम रु १,०२,८५७र- मृतकका परिवारलाई हस्तान्तरण गरेको स्थानिय नुर बहादुर सारुले जानकारी दिए। सहयोगी सम्पुर्ण कफ्लेली युवाहरूलाई तिलकको परिवार ले आभार प्रकट समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर