यस्तो अबस्थामा फेला परे गणेश र २० वर्षीय हस्तबहादुर — OSNepal

यस्तो अबस्थामा फेला परे गणेश र २० वर्षीय हस्तबहादुर

LC (KTM) September 08, 2021 0

भेरी नगरपालिका– १२ को बारेलाको मुम्बई रिटन चाईनिज कर्नरबाट बारेकोट गाउँपालिका मैनाका ४३ वर्षीय गणेशबहादुर बस्नेत र २० वर्षीय हस्तबहादुर बस्नेतलाई लागु औषध चरेश र ओंतको छालासहित पक्राउ गरी सार्वजानिक गरिँदै ।

‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’-सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् ।

नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उहाँहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ ।”

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताउनुभयो । उहाँका अनुसार यी दुवै संस्थाले निजी सवारी साधनसँग प्रतिस्पर्धा छ । उहाँले भन्नुभयो, “निजी सवारी साधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो ।”

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिनुभयो । आफूले धेरै सङ्घर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उहाँले बताउनुभयो । बस सञ्चालन भएको दुई वर्षमा नाफा हुन नसके पनि आफूहरु आशावादी रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन ।”

सो कार्यक्रममा कम्पनीले यातायात क्षेत्रमा लेख्ने पाँच पत्रकारलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर